तपाईँ सुन्दै हुनुहुन्छः

‘प्रदेशको स्थानीय तह कर्मचारी सेवा ब्यवस्थापन सम्बन्धी संशोधन विधेयक चाँडै ल्याउने तयारी’

No description available.

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेशको स्थानीय तह कर्मचारी सेवा ब्यवस्थापन सम्बन्धी संशोधन विधेयक चाँडै ल्याउने तयारी भईरहेको बताउनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयद्वारा आज धनगढीमा आयोजित नीति, कार्यक्रम तथा बजेट सम्बन्धी छलफल कार्यक्रममा मुख्यमन्त्री शाहले आगामी प्रदेशसभाको बैठकमा संशोधन विधेयक पेश गर्ने तयारीमा सरकार लागिपरेको बताउनुभयो ।

मुख्यमन्त्री शाहले प्रदेशको विकास र समृद्धिका लागि सवैले समन्वय, सहकार्य गरि अघि बढ्नु अहिलेको आवश्यकता रहेको बताउनुभयो । उहाँले जनअपेक्षा अनुसार योजना पहिचान गरि कार्यान्वयन गर्न सकिने सन्तुलित बजेट ल्याउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा मन्त्रीहरु, नीति तथा योजना आयोगका पदाधिकारी, उच्च पदस्थ सरकारी अधिकारी, स्थानीय तहका प्रमुखलगायतको सहभागिता रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button