तपाईँ सुन्दै हुनुहुन्छः

विकास निर्माणका कामको गुणस्तरमा कुनै सम्झौता हुँदैन:  मन्त्री गुप्ता

वीरगंज। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले विकास निर्माणका कामको गुणस्तरमा कुनै सम्झौता नहुने बताउनुभएको छ ।

पर्साको पकाहाँ मैनपुर गाउँपालिकाको वडा नं ४ धोबीया टोलमा आयोजित पक्की सडक निमार्णको शिलान्यास पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुप्ताले विकास निर्माणका काममा गरिएको लापरबाही सरकारलाई स्वीकार्य नहुने बताउनुभयो । बाहाँले स्थानीय तहका जनप्रतिनीधीहरु लाई जनताका चाहना अनुसार सेवा प्रदान गर्न आग्रह समेत गर्नुभयो ।

मन्त्री गुप्ताले न्यून दरमा बोलपत्र आह्वान गर्ने र विकास निर्माणमा लापरबाही गर्ने, गुणस्तरमा ध्यान नदिने र आफूखुसी योजना छनोट गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न सरकारको सबै संयन्त्र परिचालन गरेको बताउनुभयो  ।

उहाँले विकास निर्माण निरन्तर चल्ने प्रक्रिया भएकाले सबैको ऐक्यबद्धता पनि आवश्यक रहेको कुरामा जोडदिदै विकास निर्माण कार्यमा समन्वयकारी भूमिका निर्वाह गर्न स्थानीय तहका जनप्रतिनीधीहरु लाई आग्रह गर्नुभयो ।

मन्त्री गुप्ताले निर्वाचनका बेला विभिन्न दलका नाममा मत मागे पनि विकास निमार्णको कार्यमा सबै एकमत हुनुपर्छ भन्नुहुँदै जनमुखी सेवा, सुशासन र विकास निर्माणका काममा गुणस्तरीयता लाई सरकारले प्राथमिकतामा राखेर काम गर्दै आएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button