तपाईँ सुन्दै हुनुहुन्छः

‘सबै दलको सहमतिमा संविधान संशोधनको गृहकार्यमा सरकार’

वीरगञ्ज । कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसियाले सबै राजनीतिक दलको सहमतिमा संविधान संशोधन गर्न सरकारले गृहकार्य गरिरहेको बताउनुभएको छ । 

पर्साको बहुदरमाइ नगरपालिका–४ बहुअवरीदेखि एकटाङ्गासम्मको कालोपत्रे सडक निर्माणको आज एक कार्यक्रमका बिच शुभारम्भ गर्नुहुँदै मन्त्री चौरसियाले दुई ठुला दल कांग्रेस–एमालेबिच संविधान संशोधन लगायतका मुद्दाहरूमा सहमति भएरै सत्ता समीकरण बनेको हुँदा संविधान संशोधनको मुद्दाबाट सत्तारुढ दलहरू पछाडि नहट्ने बताउनुभयो । 

कानुन मन्त्री चौरसीयाले वर्तमान सरकारमा प्रमुख दुई घटक कांग्रेस–एमालेबिच कुनै मनमुटाब नभएको जनाउँदै दुई ठुला पार्टीको सहकार्यमा बनेको सरकार पुरै अवधि टिक्ने दाबी गर्नुभयो । 

उहाँले यो सरकार २०८४ को निर्वाचनसम्म निर्बाध रुपमा चल्ने हुँदा त्यसअगाडि सत्ता समीकरणमा कुनै फेरबदल नहुने बताउनुभयो । 

मन्त्री चौरसीयाले संविधान संशोधन, सुशासन, अर्थतन्त्रलाई पुन चलायमान बनाउने लगायतका एजेन्डामा सरकारले काम गरिरहेको दाबी गर्नुभयो । 

४ करोडको लागतमा सडक कालोपत्रे गर्न लागिएको हो । 

शिलान्यास कार्यक्रममा मधेस प्रदेश सभा सदस्य श्याम पटेल, पर्सागढि नगरपालिकाका पूर्व नगरप्रमुख लोक नारायण यादव, नेपाल काँग्रेस पर्सा क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति महम्मद शहाबुद्दिन, सचिव रञ्जित पटेल, लगायतका नेताहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button