‘उद्यमशील महिलाहरू देशको विकास र परिवर्तनका मेरुदण्ड’
मकवानपुर । महिला नेतृत्व र उद्यमशील क्षमताको विस्तार गर्दै आत्मनिर्भर समाज निर्माणमा टेवा पुर्याउने उद्देश्यले ‘उद्यमशीलता विकास सम्बन्धी क्षमता अभिवृद्धि तालिम’ प्रदेश युवा परिषद्, बागमतीको आयोजनामा सम्पन्न भएको छ।

कार्यक्रममा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले उद्यमशील महिलाहरू देशको विकास र परिवर्तनको मेरुदण्ड भएको बताउनुभयो ।
कार्यक्रममा प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले तालिमको औचित्यमाथि प्रकाश पार्दै महिला उद्यमीहरूको क्षमता उजागर गर्न र उनीहरूको व्यावसायिक यात्रा सशक्त बनाउन यस्ता तालिमहरूलाई निरन्तरता दिइने बताउनुभयो ।
तालिमले गाउँ तथा सहरका विभिन्न भेगबाट आएका महिलाहरूलाई एउटै मञ्चमा ल्याएर उनीहरूबिच सीप, विचार र अनुभवको आदानप्रदान गराएको थियो। यसले महिला उद्यमीहरूको नयाँ सञ्जाल निर्माण गर्ने आधार तयार गरेको छ।
युवा परिषद्ले आगामी दिनमा तालिमबाट उत्पन्न भएका योजना र व्यवसायहरूलाई प्राविधिक तथा परामर्श सेवा दिँदै थप सुदृढ बनाउने तयारी गरिरहेको छ।
प्रतिक्रिया राख्नुहोस्