तपाईँ सुन्दै हुनुहुन्छः

बलियो राजनीतिक शक्ति निर्माणका लागि जनताले सङ्कल्प गर्नुपर्ने समय आएको छः महासचिव पोखरेल

नेपालगञ्ज । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नेपालमा बलियो राजनीतिक शक्ति निर्माणका लागि जनताले सङ्कल्प गर्नुपर्ने समय आएको बताउनुभएको छ ।

नेपाल मुस्लिम इत्तेहाद सङ्गठनको सातौं राष्ट्रिय महाधिवेशनको आज नेपालगञ्जमा उद्घाटन गर्दै महासचिव पोखरेलले छिटो छिटो सत्ता समीकरण बदलिँदा मुलुक निर्माणमा समस्या देखिएको बताउनुभयो । पोखरेलले जनताले जनमत विभाजित नगर्ने प्रतिज्ञा गर्नुपर्ने समय आएको जिकिर गर्नुभयो ।

उहाँले राजनीतिक स्थिरता, सुशासन र विकासका लागि मुलुकका दुई ठूला दल कांग्रेस र एमाले मिलेर सरकार चलाइरहेको बताउनुभयो । जनताका आकाङ्क्षा पूरा गर्ने दिशामा सरकार अघि बढ्ने उहाँको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button