तपाईँ सुन्दै हुनुहुन्छः

सुक्खा पहिरोले अवरुद्ध दाउन्ने सडक दुईतर्फी सञ्चालन

नवलपरासी-बर्दघाट। सुक्खा पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–बुटवल सडक दुईतर्फी सञ्चालनमा आएको छ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने क्षेत्रमा मंगलबार दिउँसो विश्वकर्मा मन्दिर नजिकै सुक्खा पहिरो खसेर अवरुद्ध भएको सडक आज बिहान ५ बजेदेखि दुईतर्फी नै सञ्चालनमा आएको हो।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका अनुसार सुक्खा पहिरो खसिरहेका कारण आवतजावत रोकेर पहिरो पन्छाइएको थियो। सडक अवरुद्ध हुँदा सयौं सवारीसाधन बाटोमा अलपत्र परेका थिए।

हाल दाउन्ने खण्डमा राति ११ः०० देखि बिहान ५ः०० बजेसम्म सवारी आवागमन रोकेर सडक विस्तार भइरहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button