तपाईँ सुन्दै हुनुहुन्छः

कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा बिरामीलाई फलफूल वितरण  

डडेल्धुरा। नेकपा एमाले डडेल्धुराले कम्युनिष्ट पार्टीको ७६ औँ स्थापना दिवसको अवसरमा बिरामीहरूलाई फलफूल वितरण गरि मनाएको छ । 

डडेल्धुरा अस्पतालका बिरामीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दे बिरामीहरूलाई फलफूल वितरण गरि आज स्थापना दिवस मनाइएको हो । 

 एमाले डडेल्धुराका अध्यक्ष गजेन्द्र शाहीको अगुवाइमा डडेल्धुरा अस्पतालमा रहेका बिरामी र उनका कुरुवाहरूलाई फलफूल वितरण गरि पार्टीको स्थापना दिवस मनाइएको जनाएको छ । छयहत्तर वर्षअघि २००६ साल वैशाख ९ गते (तद्नुरुप २२ अप्रिल १९४९) मा आजकै दिन भारतको कोलकत्ताको श्यामबजार स्थित एक घरमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । 

 पार्टीका तत्कालीन संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ र संस्थापक नेतामा नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ रहनुभएको थियो । 

नेपालमा जहानियाँ राणा शासन रहेको बेला भूमिगत रुपमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीले शोषण, उत्पीडनबाट नेपाली जनता र राष्ट्रलाई मुक्त गर्ने उद्देश्य लिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button