तपाईँ सुन्दै हुनुहुन्छः

कक्षा १२ को परीक्षा नरोक्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा १२ को परीक्षा नसर्ने निर्णय गरेको छ ।

 आज  बिहान बसेको बोर्डको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो । बैठक पछि बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा नरोकिने र निर्धारित मितिमै हुने जानकारी दिनुभयो ।

बोर्डले वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने नियमित नै सुरु हुने जनाएको छ । यता परीक्षाको व्यवस्थापन र सञ्चालनमा सहयोग गर्ने शिक्षकहरू भने २१ दिनदेखि सडक आन्दोलनमा रहेका छन् । यसै माहौलबिच आज बसेको बोर्डको बैठकले परीक्षा निर्धारित मितिमै हुने निर्णय गरेको हो ।

शिक्षा क्षेत्रमा अन्यौल भइरहँदा हिजो मात्रै शिक्षामन्त्री बिद्या भट्टराईले राजीनामा दिनुभएको छ । 

शिक्षक महासङ्घको आन्दोलनकाबीच पनि निर्धारित मितिमै परीक्षा गर्ने पूर्ववत् अडानमा रहेको बोर्डले परीक्षाको तयारीलाई धैर्यतापूर्वक निरन्तरता दिन सम्पुर्ण विद्यार्थीमा अनुरोध गरेको छ ।

सहज वातावरणमा परीक्षा सञ्चालनका लागि समन्वय र सहकार्य गर्न अभिभावक,शिक्षक प्रधानाध्यापक एवं सरोकारवाला सबैलाई बोर्डले अपिल गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button