तपाईँ सुन्दै हुनुहुन्छः

विधायन समिति बैठक: पानीजहाज विधेयकमाथि दफावार छलफल

 'विदेशी समुद्रहरूमा नेपाली झन्डावाहक पानीजहाज सञ्चालन गर्ने तयारी'

काठमाडौँ । सरकारले विदेशी समुद्रहरूमा नेपाली झन्डावाहक पानीजहाज सञ्चालन गर्ने तयारी गरेको जनाएको छ । 

राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा रहेको पानीजहाज विधेयकको दफावार छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले छिमेकी मुलुक भारतलगायतका देशहरूका समुद्रमा पानीजहाज खरिद गरी सञ्चालन गर्न सरकारले विधेयक तर्जुमा गरेको बताउनुभयो । 

मन्त्री दाहालले नेपाली नदीनालाहरूमा सञ्चालन भइरहेका मोटरबोटहरुलाई नियमन गर्न र नेपालले आफ्नै पानीजहाज खरिद गरी विदेशी समुद्रहरूमा चलाउन कानूनी व्यवस्था गर्न लागेको बताउनुभयो । 

दफावार छलफलका क्रममा सांसदहरु वेदुराम भुषाल, सुरेश आलेमगर, सावित्री मल्ल, कृष्णप्रसाद अधिकारीलगायतले  पानीजहाज सञ्चालन गर्न अनुमति लिनुपर्ने, प्रत्येक दश वर्षमा नवीकरण गर्नुपर्ने, नेपाली र विदेशी लगानीकर्ताका लागि पनि सहज व्यवस्था गर्नुपर्नेलगायतका संशोधन प्रस्तुत गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button