तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री ओलीद्वारा एकीकृत समाजवादीको कार्यालय अवलोकन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आलोकनगरस्थित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय अवलोकन गर्नुभएको छ । 

गत शुक्रबार पूर्वराजावादीले तोडफोडबाट क्षतिग्रस्त भएको एकीकृत समाजवादीको कार्यालयमा पुगेर आज उहाँले कार्यालय अवलोकन तथा क्षतिबारे जानकारी लिनुभयो ।

सोही क्रममा प्रधानमन्त्री ओलीसँगै एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, महासचिव घनश्याम भुसाल, वरिष्ठ नेता झलनाथ खनाल, नेकपा ९माओवादी केन्द्र०का नेता नारायणकाजी श्रेष्ठलगायत नेता हुनुहुन्थ्यो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button