पिएसबीको कायममुकायम प्रमुख प्रशासकीय अधिकृतमा न्यौपाने नियुक्त

काठमाडौँ । सार्वजनिक सेवा प्रसारण नेपालको निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुराम न्यौपाने कायममुकायम प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त हुनुभएको छ ।
नेपाल टेलिभिजनमा ३० वर्षभन्दा बढीको अनुभव हुनुभएका न्यौपाने पेशाले इन्जिनियर हुनुहुन्छ। प्रविधि र स्याटलाइट कम्युनिकेसनमा आन्द्रे विश्वविद्यालय भारतबाट स्नातकोत्तर गर्नुका साथै पोखरा विश्वविद्यालयबाट उहाँले व्यवस्थापनमा EMBA गर्नुभएको छ। विश्वभर प्रसारण प्रविधिको बारेमा ज्ञान र अनुभव भएका न्यौपानेसँग मिडिया प्रविधि र एआई सम्बन्धी धेरै अन्तर्राष्ट्रिय मञ्चहरूमा प्यानलिस्ट र प्रस्तुतकर्ताको रुपमा पनि अनुभव छ ।
नेपाल टेलिभिजनका नायव महाप्रबन्धक रहनुभएका न्यौपाने २०८१ पुस १२ गते सार्वजनिक सेवा प्रसारण नेपालको निमित्त प्रमुख प्रशासकीय अधिकृत नियुक्त हुनुभएको थियो । पिएसबी नेपालको गत शुक्रवार बसेको सञ्चालक समितिको बैठकले उहाँलाई कायममुकायम मुकरर गरेको हो ।
प्रतिक्रिया राख्नुहोस्