नेकपा एमाले धनुषाद्वारा मोटरसाइकल र्याली प्रदर्शन
जनकपुरधाम । सत्तारुढ दल नेकपा एमाले धनुषाको अगुवाइमा गणतन्त्रको पक्षमा मोटरसाइकल र्याली प्रदर्शन गरिएको छ ।

नेकपा एमालेको साङ्गठनिक गतिविधिलाई सशक्त बनाउन, जनताबीच पार्टीको सन्देश पुर्याउन र गणतन्त्रको विरोधीलाई खबरदारी गर्न र्यालीको आयोजना गरिएको नेकपा एमालेका प्रदेश सभाका सदस्य दिपेन्द्र ठाकुरले जनाउनुभयो ।
र्यालीमा जनकपुरधामका सबै वडा कमिटीका सदस्य, पार्टीका युवा कार्यकर्ता, स्थानीय नेता तथा समर्थकहरू सहभागी भएका थिए । उनीहरूले मोटरसाइकलमा पार्टीको झण्डा फहराउँदै एमालेको पक्षमा नारा लगाउँदै गणतन्त्र विरोधीलाईइ खबरदारी गरेका थिए ।
काठमाडौँको तीनकुने क्षेत्रमा गणतन्त्र विरोधीहरूले गरेको हत्या हिंसाको सबै तिरबाट निन्दा भइरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्