तपाईँ सुन्दै हुनुहुन्छः

पत्रकारका हत्यारालाई फौजदारी अभियोगमा मुद्दा चलाउन माग

बागलुङ । राजावादीहरूको हिंसात्मक आन्दोलनका क्रममा पत्रकार सुरेश रजकले ज्यान गुमाएको घटनामा गहिरो अनुसन्धान गरी हत्यामा संलग्नहरूलाई फौजदारी अभियोगमा मुद्दा चलाउन माग गर्दै आन्दोलनरत नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । 

पत्रकार महासङ्घ बागलुङका उपाध्यक्ष सुवास आचार्य नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङमार्फत सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको हो । पत्र बुझ्दै प्रजिअ गुरुङले पत्रकारहरूको मागलाई तत्काल सम्बन्धित निकायमा पठाउने प्रतिबद्धता व्यक्त गर्दै पत्रकारहरूको सुरक्षाका लागि प्रशासन सचेत रहेको बताउनुभयो ।

हत्यामा संलग्नलाई फौजदारी अभियोगमा कारबाही गर्न तथा पत्रकारको परिवारलाई क्षतिपूर्ति दिन, सञ्चार माध्यम र सञ्चारकर्मीमाथि आक्रमण गर्ने सबैलाई कानूनी कठघरामा ल्याउन तथा क्षति पुर्‍याइएका सञ्चार गृह र सञ्चारकर्मीलाई यथोचित क्षतिपूर्तिका साथै घाइते पत्रकारको उपचारको प्रबन्ध मिलाउन माग गर्दै पत्रकार महासङ्घ आन्दोलित छ ।

शुक्रबार काठमाडौँको तीनकुनेमा हिंसात्मक प्रदर्शनका क्रममा भिडियो खिच्ने क्रममा पत्रकार सुरेश रजकको आगोमा जलेर मृत्यु भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button