प्रतिनिधिसभा बैठक सुरु हुनासाथ स्थगित भएको बैठक अझै सुरु भएन
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले सदनमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुपर्ने माग गर्दै अवरोध गरेपछि १५ मिनेटका लागि स्थगित भएको बैठक अझै सुरु हुन सकेको छैन ।
बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक ढिला गरी सुरु भएको थियो ।
बैठक सुरु हुनासाथ प्रतिपक्ष दलका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गर्नुभएको हो ।
सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयमा प्रतिपक्ष दलका सांसदहरुले प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्ने अडान लिँदै आएका छन् ।
प्रतिक्रिया राख्नुहोस्