तपाईँ सुन्दै हुनुहुन्छः

ताप्लेजुङ केबलकार:  निर्माणकार्य यथास्थितिमा राख्न सर्वोच्चको आदेश

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा(मुक्कुम्लुङ) क्षेत्रमा निर्माण भइरहेको केबलकार निर्माण कार्यलाई यथास्थितिमा राख्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

सर्वोच्चका न्यायाधीश शारंगा सुवेदीको एकल इजलासले हालसम्म भएका कामहरू यथास्थितिमा राख्न आदेशमा भनिएको छ । केबलकार निर्माण कार्य रोक्नका लागि अन्तरिम आदेशको समेत माग गरिएको हुनाले विषयवस्तुको प्रकृति र गम्भीरतालाई हेरी हालसम्म भए गरेका काम कारवाहीहरु यथास्थितमा राख्न आदेशमा उल्लेख गरिएको छ ।

यामबहादुर लिम्बुसमेतले निवेदक रहेको रिटमा न्यायाधीश सुवेदीको एक इजलासले आदेश दिएको हो । अदालतको आदेशका कारण तत्कालका लागि निर्माण स्थगन गर्नुपर्ने भएको छ । अन्तरिम आदेश जारी गर्ने नगर्ने विषयमा छलफल गर्न सर्वोच्च अदालतले चैत २६ गतेको पेशी तोकेको छ ।

ताप्लेजुङको पाथीभरा(मुक्कुम्लुङ) क्षेत्रमा केबलकार निर्माण गर्नु हुँदैन भने स्थानीय तथा सरोकावला निकायले विरोध जनाइ रहेका छन् । यता व्यवसायी चन्द्र ढकालले केबलकार निर्माण गरिरहेका छन् ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button