पत्रकार रजकको मृत्यु भएको घटनाप्रति पत्रकार महासङ्घको विरोध
अछाम । हिजो काठमाडौँमा राजावादीको आन्दोलनका क्रममा पत्रकार सुरेश रजकको मृत्यु भएको घटनाप्रति अछाममा विरोध प्रदर्शन गरिएको छ । पत्रकार महासङ्घ अछामले अछाम सदरमुकाम मङ्गलसेनमा निकालेको विरोध र्याली खुल्ला मञ्चमा गएर कोण सभामा परिणत भएको थियो ।

सभामा अछाम स्थित विभिन्न सञ्चार गृहमा आबद्ध पत्रकार, मानव अधिकारकर्मी लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्ने अधिकांशले पत्रकार रजकको मृत्युप्रति गहिरो समवेदना प्रकट गर्दै घटनाका दोषीलाई कडा भन्दा कडा सजायको माग गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्