तपाईँ सुन्दै हुनुहुन्छः

महाकाली चार लेन पक्की पुलमा आवागमन बन्द

कञ्चनपुर । महाकाली चार लेन पक्की पुलमा आवागमन बन्द गरिएको छ । कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिका वडा नम्बर ११,१२ र १३ का स्थानीयले भुजेल खोलाको व्यवस्थापन नगरेको भन्दै आज बिहानबाट चार लेन पुलमा आवतजावत बन्द गराएका छन् । स्थानीय जनप्रतिनिधि र सर्वसाधारणहरूले टायर जलाएर र ढुङ्गा राखेर सडक अवरुद्ध गरेपछि आवतजावत बन्द भएको छ । 

आन्दोलनकारीहरूले वर्षायाम सुरु हुन केही महिना बाकी रहँदा पनि सरकारले भुजेल खोलाको व्यवस्थापन नगर्दा आफूहरूको उठिबास लाग्ने भन्दै आन्दोलन गर्नु परेको बताएका छन्  ।

पटक पटक सरकारका मन्त्रीहरुलाइ ध्यानाकर्षण गराउँदा र स्वयं गृहमन्त्री  र भौतिक तथा पूर्वाधार मन्त्रीले स्थलगत निरीक्षण गरेर जाँदा समेत समस्या समाधानका लागि कुनै चासो नदेखिएको स्थानीय जनप्रतिनिधिहरूले गुनासो गरेका छन् ।

भुजेल खोलाबाट महाकालीको बाढी गाउँमा पस्दा यस वर्ष करिब ५०० सय बढी घरपरिवार डुबानमा पर्नुका साथै सयौँ बिगाहामा लगाएको खेतीपाती नष्ट भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button