तपाईँ सुन्दै हुनुहुन्छः

तीनकुनेमा भेला भएका पूर्व राजाका समर्थक र प्रहरीबिच झडप 

काठमाडौँ । राजसंस्था स्थापनाको माग गर्दै दुर्गा प्रसाईँको अगुवाइमा काठमाडौँको तीनकुनेमा विरोध प्रदर्शन भइरहेको छ। 

विरोध प्रदर्शनका क्रममा तीनकुनेमा भेला भएका पूर्व राजाका समर्थक र प्रहरीबिच झडप भएको छ । पूर्व राजाका समर्थक र प्रहरीबिच झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रदर्शनकारीले श्री राज भवन र त्यहाँ रहेको कुमारी बैङ्कमा समेत तोडफोड गरेका छन् । तोडफोडपछि प्रदर्शनकारीले भवनमा आगजनी समेत गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button