तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधिसभाको बैठक स्थगित

'बैठक सवा १ बजे बस्ने'

काठमाडौँ । प्रतिपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा आएर जवाफ दिनुपर्ने अडान कायम राखेपछि आजपनि प्रतिनिधिसभाको बैठक बस्न सकेको छैन ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तबारे प्रधानमन्त्री ओलीले जवाफ नदिएसम्म सदन चल्न नदिने प्रतिपक्षी दलहरूको अडान छ ।

बैठक बिहान ११ बजेका लागि बोलाइएको बैठक बस्न नसकेपछी संघीय संसद् सचिवालयले सूचना टाँस गरी सवा १ बजे बैठक बस्ने जनाएको छ ।

प्रतिपक्षी दलहरूको अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेले प्रमुख राजनीतिक दलका मुख्य र प्रमुख सचेतकहरूसँग छलफल गरिरहनुभएको छ ।

प्रधानमन्त्री ओलीको तर्फबाट संसदमा जवाफ दिने कुनै सूचना प्राप्त नभएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ । 

यसअघि प्रतिनिधिसभाको हिजो र अस्तिको बैठक पनि प्रधानमन्त्री ओलीले संसद्मा जवाफ दिनुपर्ने प्रतिपक्षी दलहरूको अडानका कारण स्थगित भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button