तपाईँ सुन्दै हुनुहुन्छः

कृषिमन्त्रीद्वारा बजेटका विषयमा धादिङका स्थानीय तहका प्रमुख तथा उपप्रमुखसँग छलफल

काठमाडौँ ।  कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले आगामी आर्थिक वर्षका लागि मन्त्रालयले अघि सारेका नीति तथा कार्यक्रम एवं बजेट तर्जुमा र प्राथमिकताका विषयमा धादिङका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूसँग छलफल गर्नुभएको छ  । 

सिंहदरबारस्थित मन्त्रालयमा आज भएको छलफलमा जिल्लाका दुई नगरपालिका र ११ वटा गाउँपालिकाका प्रमुख तथा उपप्रमुख, मन्त्रालयका सचिव द्वय डा.गोविन्द प्रसाद शर्मा, डा.राजेन्द्रप्रसाद मिश्रलगायत सहभागी हुनुहुन्थ्यो । 

छलफलमा मन्त्री अधिकारीले सरोकारवाला सबैको सुझावका आधारमा मन्त्रालयले  आगामी आर्थिक वर्षको कार्यक्रम र प्राथमिकता तय गरेको बताउनुभयो । “कृषि क्षेत्रको विकासका लागि स्थानीय सरकारको महत्त्वपूर्ण भूमिका हुने भएकाले स्थानीय तहबाट प्राप्त सुझावलाई मन्त्रालयले ग्रहण गर्ने छ”, मन्त्री अधिकारीले भन्नुभयो ।

मन्त्रालयले काठमाडौँ उपत्यका भित्रका पालिकाका प्रमुख एवं उपप्रमुखहरूसँग पनि यसै विषयमा शुक्रवार मन्त्रालयमा छलफल आयोजना गरेको जानकारी दिँदै मन्त्री अधिकारीले आगामी आर्थिक वर्षका लागि मन्त्रालयले अघि सारेका कार्यक्रम र प्राथमिकतालाई स्थानीय सरकारले पनि अपनत्व लिनसक्ने वातावरण बन्न सकोस् भन्ने आफ्नो चाहाना रहेको बताउनुभयो । आगामी बजेटमा कृषि क्षेत्रमा अघि सारिने कार्यक्रमहरूलाई उत्कृष्ट बनाउन प्रयत्न गर्ने प्रतिबद्धता पनि मन्त्री अधिकारीले व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button