तपाईँ सुन्दै हुनुहुन्छः

लुई गाउँमा परम्परागत कटुवाले प्रथा कायमै

मुगु । मुगुको पश्चिमी खत्याड गाउँपालिका अन्तर्गत पर्ने लुई गाउँमा आज पनि परम्परागत कटुवाले प्रथा कायमै रहेको स्थानीय बासिन्दाले बताएका छन्। 

गाउँमा भएका गतिविधिहरू, विशेष गरी चोरी, झगडा वा अन्य घटना, जन्म,मृत्यु, बिकास, निर्माण लगायतका सार्वजनिक सरोकारका विषयमा खबर पुर्‍याउने जिम्मेवारी कटुवालेको हुन्छ।

स्थानीय बुढापाकाका अनुसार, यो प्रथा पुस्तौँदेखि चलिआएको छ। पहिले(पहिले जब गाउँमा कुनै महत्त्वपूर्ण घटना घट्थ्यो, त्यसबेला कटुवाले गाउँका प्रत्येक घरमा खबर पुर्‍याउँथे। तर अहिले पनि यो चलन लुई गाउँमा यथावत् नै छ, जसले गाउँको सामाजिक संरचना र सद्भावमा महत्वपूर्ण भूमिका खेलेको छ।

तर, आधुनिक प्रविधिको विकाससँगै यो परम्परा लोप हुने अवस्थामा पुगेको भन्दै कतिपय स्थानीय चिन्ता व्यक्त गर्छन्। मोबाइल र सामाजिक सञ्जालको विकासले खबर आदान(प्रदानको तरिका बदलिएको छ। तथापि, केही गाउँमा अझै पनि यो प्रथा कायम रहेको देखिन्छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button