तपाईँ सुन्दै हुनुहुन्छः

मसला उद्योगमा आगलागी, लाखौँको क्षति

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ ऐठपुरस्थित न्यू केसी मसला उद्योगमा विद्युत् सर्ट भएर आगलागी हुँदा लाखौँको क्षति भएको छ । 

शम्भु केसीको स्वामित्वमा रहेको उक्त उद्योगमा मङ्गलवार आगलागी हुँदा करिब ३ लाख ७५ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दाको सक्रिय सहयोग र प्रहरीको प्रयासपछि आगो नियन्त्रणमा लिइएको थियो । 

आगलागीबाट उद्योगका कच्चा पदार्थ, मेसिनरी सामग्री तथा तयारी मसला जलेर नष्ट भएको छ । घटनाको थप अनुसन्धान गरिरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button