तपाईँ सुन्दै हुनुहुन्छः

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान विश्वविद्यालय विधेयकमाथि दफावार छलफल

काठमाडौँ I प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा आज पनि सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान विश्वविद्यालय विधेयकमा दफावार छलफल भएको छ । 

समितिको आजको बैठकमा विश्वविद्यालयको पदाधिकारी, नियुक्त, पदाधिकारीको सेवा सुविधा र पदमुक्तलगायतका दफामा छलफल भएको हो । 

छलफलमा सांसदहरु छविलाल विश्वकर्मा, देवेन्द्र पौडेल, चन्द्र भण्डारी तोषिमा काकी  कालुराम राई र दीपा शर्मालगायतले प्रस्ताव गर्नुभएको विश्वविद्यालय सभाले उपकुलपति नियुक्त गर्ने र सफिारिश समितिको सिफारिशमा उपकुलपतिले अरू पदाधिकारी नियुक्त गर्नुपर्ने प्रस्तावलाई बैठकले स्वीकार गरेको छ । 

विश्वविद्यालयको पदाधिकारी हुन विद्यावारिधि वा डिएम गरेको हुनुपर्ने प्रस्ताव बैठकले पारित गरेको छ । 

बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले  नेपालको चिकित्सा क्षेत्रको अध्ययनका लागि स्थापना हुने विश्वविद्यालयको पदाधिकारी प्रतिस्पर्धाबाट छनौट गर्नुपर्नेमा जोड दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button