तपाईँ सुन्दै हुनुहुन्छः

कृषि उपकरणको गुणस्तरीयतामा विश्वस्त हुने अवस्था छैन : मन्त्री अधिकारी

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषिमा प्रयोग हुने यन्त्र तथा उपकरणको गुणस्तरमा प्रश्न उठाउनुभएको छ । 

ललितपुरमा आज आयोजित नेपाल कृषि मेशिनरी व्यवसायी सङ्घको नवौँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री अधिकारीले एकातिर कृषिलाई यान्त्रीकरण गर्दे जानुपर्ने आवश्यकता छ, अर्कोतर्फ यस्ता उपरणको गुणस्तरीयतामा विश्वस्त हुने अवस्था छैन भन्नुभयो ।

कृषि उपकरण खरिद गर्दा गुणस्तरमा निश्चिन्त भएर गर्न पनि किसानहरूलाई मन्त्री अधिकारीले आग्रह गर्नुभयो । कृषि यान्त्रिकीकरणको प्रवर्द्धनमा व्यवसायीहरूको भूमिका महत्वपूर्ण रहेको र अब यस्ता यन्त्र उपकरण स्वदेशमै बनाउन पहल गर्न व्यवसायीहरूलाई मन्त्री अधिकारीले आग्रह गर्नुभयो ।

आधुनिक कृषि यन्त्र तथा उपकरणहरूमा अनुदानका कार्यक्रमहरू निरन्तर सञ्चालनमा ल्याएका कारण उत्पादन वृद्धि भइरहेको पनि मन्त्री अधिकारीले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button