तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधि सभामा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक २०८१ टेबुल 

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकले सशस्त्र प्रहरी बल, नेपाल विधेयक २०८१ दफावार छलफलमा लागि राज्यव्यवस्था तथा सुशासन समितिमा पठाइएको छ । 

बैठकमा गृहमन्त्री रमेश लेखकले दफावार छलफलमा लागि सम्बन्धित समितिमा पठाइयोस् भनि गर्नुभएको प्रस्ताव सभाको सर्वसम्मतिले स्वीकृत गरेको हो ।

बैठकमा प्रतिनिधि सभाका सचिव हर्कराज राईले राष्ट्रिय सभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्नुभएको हो । 

बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनुभयो । 

प्रतिनिधि सभामा सांसद डा. सुनिल कुमार शर्माले प्रस्ताव गर्नुभएको नेपालका सबै नागरिकका लागि स्वास्थ्य बिमा योजना प्रारम्भ गरी छिटो, सर्वसुलभ र सहज स्वास्थ्य सेवाको पहुँचमा सबैलाई समेट्ने सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल जारी रहेको छ । 

नेपालमा विशेष गरी ग्रामीण क्षेत्र, सिमान्तकृत र विपन्न समुदायमा कमजोर आर्थिक अवस्था र जनचेतनाको अभाव लगायतका कारणले सामान्य तथा गम्भीर प्रकृतिका रोगहरूका लागि समेत उपचारमा खर्चको अभाव हुनुका साथै स्वास्थ्य सेवामा पहुँच चुनौतीपूर्ण रहेकाले नेपालका सबै नागरिकका लागि एक व्यापक स्वास्थ्य बिमा योजना प्रारम्भ गरी छिटो, सर्वसुलभ र सहज स्वास्थ्य सेवाको पहुँचमा सबैलाई समेट्न आवश्यक भएकाले भन्ने सार्वजनिक महत्वको प्रस्तावमा भनिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button