एसइईमा सुनसरीबाट १३ हजार ५७३ जना विद्यार्थी सहभागी हुँदै
सुनसरी । माध्यमिक शिक्षा परीक्षा एसइईमा सुनसरीबाट १३ हजार ५७३ जना विद्यार्थी सहभागी हुँदै छन् । सुनसरीमा एसइई परीक्षाका लागि ५० वटा परीक्षा केन्द्र तोकिएका छन् ।

शिक्षा विकास तथा समन्वय इकाइ इनरुवा सुनसरीका अनुसार एसइई परीक्षामा नियमिततर्फ १२ हजार ९ सय ७३ र अपग्रेडतर्फ ६ सय जना परीक्षार्थीले सहभागिता जनाउँदै छन् ।
पुरानो ग्रेड वृद्धि परीक्षार्थीका लागि परीक्षा केन्द्र भने इनरुवाको भगवती माविमा तोकिएको छ ।
इकाई प्रमुख खगेन्द्र सुवेदीका अनुसार ५० वटा परीक्षा केन्द्रमा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, परीक्षा सहायक र कार्यालय सहयोगी सहित १ हजार दुई सय जनशक्ति परिचालन हुँदैछ ।
शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय इनरुवा सुनसरीले परीक्षाको सम्पूर्ण तयारी पुरा भएको समेत जनाएको छ ।
एसइई परीक्षा चैत्र ७ गतेबाट सुरु हुँदैछ । पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुने छ ।
प्रतिक्रिया राख्नुहोस्