तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभामा व्यापार, लोकतन्त्र र विकासका विविध मुद्दा उठान

काठमाडौँ I प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद श्याम घिमिरेले सरकारले व्यापार गर्न नमिल्ने र सरकार करले चल्ने भन्दै व्यापार गर्ने काममा नीजि क्षेत्रलाई प्रोत्साहित गर्नुपर्ने  बताउनुभयो ।

सांसद रघुजी पन्तले भ्रम र निराशाको खेती धरै समय नचल्ने भन्दै राजनीतिक दल र नेताहरू तथ्यमा आधारित भएर बोल्नुपर्नेमा जोड दिनुभयो ।

हालको राजनीतिक व्यवस्थाकै कारण राज्य सञ्चालनमा महिलाको ३३ प्रतिशत र स्थानीय तहमा ४० प्रतिशत भन्दा बढी सहभागिता सुनिश्चित भएकोले लोकतन्त्रको यो सुन्दर पक्ष लाई बढाउँदै लैजानुपर्ने बताउनुभयो । 

सांसद विमला सुवेदीले पूर्वविशिष्ट पदाधिकारीलाई सुविधा दिने विषय बेठिक भएको भन्दै सरकारले आफैले गरेका प्रतिबद्धताहरू समेत बिर्सिँदै गएको टिप्पणी गर्नुभयो । 

सांसद स्वर्णिम वाग्लेले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई राजनीतिक दलको छायाँबाट बाहिर ल्याउनुपर्ने बताउनुभयो ।

सांसद ज्ञानबहादुर शाहीले लोकतन्त्रलाई बलियो बनाउन सबै राजनीतिक बिचारहरूले स्थान पाउनुपर्ने बताउनुभयो ।

सांसद प्रेम आलेले सुदूरपश्चिमका जनताका लागि कोशेढुंगा सावित हुने सेती लोकमार्ग निर्माणका लागि वन मन्त्रालयले सहजीकरण गरिदिनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button