परोपकार प्रसूति अस्पतालको अध्यक्षमा डा पाण्डे नियुक्त
काठमाडौँ । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल विकास समितिको अध्यक्षमा वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा सरोजा कार्की पाण्डे नियुक्त हुनुभएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले मन्त्रिस्तरीय निर्णय गर्दै उहाँलाई नियुक्त गर्नुभएको हो । डा पाण्डेले सोही अस्पतालमा १५ वर्ष वरिष्ठ कन्सल्ट्यान्टका रूपमा सेवा गरिसक्नुभएको छ । उहाँले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट स्त्रीरोग विशेषज्ञमा एमडी गर्नुभएको छ ।
यसअघि भरतपुर अस्पतालको रजिष्ट्रार भइसक्नुभएकी डा पाण्डेले प्रसूति तथा स्त्रीरोगसम्बन्धी नीति निर्माण तथा प्रशिक्षकको भूमिकासमेत निर्वाह गरिसक्नुभएको छ । रासस
प्रतिक्रिया राख्नुहोस्