नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुबेदी नियुक्त

काठमाडौँ । नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशील देव सुबेदी नियुक्त हुनुभएको छ ।
प्राधिकरणको सञ्चालक समितिको आज बसेको बैठकले पदपूर्ति समितिको सिफारिसमा निर्देशक सुबेदीलाई कार्यकारी निर्देशक पदमा बढुवा गर्ने निर्णय गरेको हो ।
नवनियुक्त कार्यकारी निर्देशक सुबेदीले आजदेखि नै कार्यभार सम्हाल्नुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्