शैक्षिक सत्र अगावै ताप्लेजुङमा पाठ्यपुस्तक उपलब्ध
ताप्लेजुङ । नयाँ शैक्षिक सत्र सुरु हुन अगावै हिमाली जिल्ला ताप्लेजुङमा यस वर्ष सामुदायिक विद्यालयका पाठ्यपुस्तक पुगेका छन् ।

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घले जिल्लामा सामुदायिक विद्यालयका लागि कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक ल्याएका हुन । ताप्लेजुङमा हालसम्म कक्षा १ देखि ४ सम्मका एक हजार पाँच सय सेट पाठ्यपुस्तक र कक्षा ५ को एक हजार सेट पुस्तक जिल्ला ल्याइएको नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ ताप्लेजुङका अध्यक्ष ज्ञानप्रसाद मिश्रले जनकारी दिनुभयो । सो कक्षाहरूको ऐच्छिक विषय समेत आइसकेको मिश्र बताउनुहुन्छ ।

जिल्लामा कक्षा ६ देखि १० सम्मका पाठ्यपुस्तक पनि यो महिनाको अन्यसम्ममा आइपुग्ने तयारी गरिएको छ । जिल्लामा पाठ्यपुस्तक ढिलो आउने गरेको गुनासो तथा बर्खा याम सरु भएसँगै बाढी पहिरो तथा हेवाखोलामा मोटरेवल पुल निर्माण सम्पन्न नभएका कारण जिल्लामा यातायात अवरुद्ध हुन सक्ने भएकोले यो वर्ष चाँडो पुस्तका ल्याइएको समेत मिश्र बताउनुहुन्छ । विगतका वर्षहरुमा शैक्षिक सत्र सुरु भएको लामो समयमा मात्र जिल्लामा पाठ्यपुस्तक आउने भएकोले यो वर्ष पहिलो पटक छिटै ल्याइएको नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ ताप्लेजुङका उपाध्यक्ष केशव भट्टराइले जानकारी दिनुभयो । जिल्लामा पाठ्यपुस्तक जनक शिक्षा सामग्री केन्द्र लिमिटेड विराटनगरबाट ल्याइएको महासङ्घ ताप्लेजुङका गरेको छ ।
ताप्लेजुङमा हाल तिन सय ३० वटा सामुदायिक विद्यालय रहेका छन् । शिक्षा विकास तथा समन्वय एकाइ ताप्लेजुङका अनुसार उक्त सङ्ख्या मध्ये ६४ वटा माध्यमिक तहका विद्यालय छन्। अन्य १–३, १–५ र १–८ कक्षा सञ्चालित आधारभूत तहका विद्यालय रहेका रहेका छन् । यस्तै सामुदायिक विद्यालयमा करिब २० हजार विद्यार्थी अध्ययनरत रहेका पनि शिक्षा विकास तथा समन्वय एकाइ ताप्लेजुङले जनाएको छ
प्रतिक्रिया राख्नुहोस्