तिब्बतमा ५.९ म्याग्निच्युडको भूकम्प, काठमाडौँमा धक्का महसुस
काठमाडौँ । चीनको तिब्बतस्थित डिङ्गे काउन्टी केन्द्रबिन्दु भएर भएको भूकम्पको धक्का देशका विभिन्न भागमा महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज अपराह्न १४ः३५ बजे उक्त स्थान केन्द्र भएर ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प भएको हो ।
यसअघि गत पुस २३ गते सोही स्थानमा ७ रेक्टर स्केलको भूकम्प भएको थियो ।
आज बिहान ६ बजेर २० मिनेटमा बागलुङको खुखानी केन्द्रबिन्दु भई ४ दशमलव १ रेक्टर स्केलको भूकम्प भएको केन्द्रले जनाएको छ । आजै बिहान ०३ः१४ बजे म्याग्दीको मुरी आसपास केन्द्रबिन्दु भएको ४ रिक्टरको भूकम्प भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्