तपाईँ सुन्दै हुनुहुन्छः

अर्काको नागरिकतामा फोटो टाँसेर लाखौँ ठगी गर्ने दुई जना पक्राउ

सप्तरी । अर्काको नागरिकतामा आफ्नो फोटो टाँसेर बैङ्कमा खाता खोली लाखौँ रकम ठगी गर्ने दुई जना मानिस पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा सप्तरी राजविराज नगरपालिका ५ बस्ने २८ वर्षका अभिषेक यादव र २० वर्षका अरुण कुमार यादव रहेको सप्तरी प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले शुक्रबार एक पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो ।

२०८० असारमा एक जनाको नागरिकता हराएको थियो । ती नागरिकतामा अभिषेकले अरुणको फोटो टाँसी विराटनगरस्थित रहेको सिटिजन्स बैङ्कमा खाता खोलेका थिए । बैङ्कमा खाता खोली अन्य व्यक्तिहरूबाट लाखौंको रकम ठगी गरिरहेको पाइएको अवस्थामा दुवै जनालाई पक्राउ गरिएको एसपी खतिवडाले जानकारी दिनुभयो ।

उहाँका अनुसार नागरिकता सम्बन्धी कसुर र ठगीमा जाहेरी प्राप्त हुनासाथ दुबैलाई पक्राउ गरिएको हो ।

पक्राउ परेकालाई शुक्रबार पत्रकार सम्मेलन गरि सार्वजनिक गर्दै प्रहरीले अदालतबाट ५ दिनको म्याद थप गरि अन्य अनुसन्धान गरिरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button