प्रधानमन्त्री ओलीले आज कर्णाली प्रदेशसभालाई सम्बोधन गर्नुहुने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज सुर्खेतका विभिन्न कार्यक्रममा सहभागी हुन यात्रा गर्दै हुनुहुन्छ। प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार, प्रधानमन्त्री ओली विहान १०:३० बजे सुर्खेत प्रस्थान गर्ने र अपरान्ह ४:३० बजे काठमाडौं फर्कने कार्यक्रम रहेको छ।
आजको कार्यतालिका :
मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह – प्रधानमन्त्री ओली विहान ११:३० बजे मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा विद्यार्थीलाई डिग्री प्रदान गर्नुहुनेछ। सो विश्वविद्यालयका कुलपति समेत रहनु भएका प्रधानमन्त्री ओलीले सो समारोहमा प्रमुख अतिथिको भूमिका निभाउनुहुनेछ।
कर्णाली प्रदेशसभा सम्बोधन – दिउसो २ बजे प्रधानमन्त्री ओली कर्णाली प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ।मध्यपश्चिम विश्वविद्यालयको भवन उद्घाटन – ३:३० बजे प्रधानमन्त्री ओलीले वीरेन्द्रनगरमा निर्माण भएको मध्यपश्चिम विश्वविद्यालयको भवन उद्घाटन गर्नुहुनेछ।
रंगशाला निरीक्षण – अपरान्ह ४ बजे प्रधानमन्त्री ओली वीरेन्द्रनगरमा निर्माण भएको रंगशालाको निरीक्षण गर्नुहुनेछ।







प्रतिक्रिया राख्नुहोस्