तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घट्दै 

सुर्खेत ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या क्रमशः घट्दो क्रममा रहेको जनाएको छ । 

आर्थिक वर्ष सन २०२२÷२०२३ सम्म वार्षिक करिब २५ हजार जना वैदेशिक रोजगारीमा जाने गरे पनि त्यसपछि भने क्रमशः घट्दै गएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको प्रादेशिक रोजगार सुधार सुझाव कार्यदलको प्रतिवेदनमार्फत जानकारी दिएको हो । 

प्रस्तुत प्रतिवेदनमा आर्थिक वर्ष सन २०२२÷०२३ सम्म कर्णालीबाट वार्षिक २४ हजार ९ सय ७४ जना वैदेशिक रोजगारीमा जाने गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ  । त्यसपछि वर्षेनी घट्दै आर्थिक वर्ष सन २०२३÷०२४ मा कर्णालीबाट १८ हजार ६ सय ६२ जना मात्र वैदेशिक रोजगारीमा गएको प्रतिवेदनमा जनाइएको छ । 

यद्यपि आर्थिक वर्ष सन २०२३÷०२४ मा कर्णालीबाट २४ हजार १ सय ६७ जनाले श्रम स्वीकृति लिएका थिए । सुरुमा पुरुष कामदारहरू मात्रै वैदेशिक रोजगारीमा जाने गरेकोमा पछिल्लो समयमा महिला कामदारको सङ्ख्या पनि बढेको प्रतिवेदनमा उल्लेख छ । 

आर्थिक वर्ष सन २०२३÷०२४ मा कर्णालीबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा जाने महिला कामदारको सङ्ख्या ७ प्रतिशतले बढेको जनाइएको छ ।  शिक्षा, व्यापार, विवाह आदि कारणले विदेश जानेहरू र भारतमा रोजगारीका लागि गएका नेपालीहरूको सङ्ख्यालाई अभिलेख गर्न सकेमा तथ्याङ्क बढ्ने मन्त्रालयको ठहर छ । 

कर्णालीका कामदारको मुख्य गन्तव्यका रुपमा मलेसिया, साउदी अरेबिया र युएई रहेका छन् । आर्थिक वर्ष सन २०२२÷०२३ देखि सन २०२३÷०२४ सम्ममा कर्णालीबाट वैदेशिक रोजगारीमा जाने आप्रवासी कामदारहरूको मृत्युको सङ्ख्या भने १ सय १२ जना रहेको छ । 

देशभरमा सबैभन्दा बढी मृत्यु हुनेमा मधेश प्रदेशका ६ सय २३ जना आप्रवासी कामदारहरू रहेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button