तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्रिपरिषद्को स्वीकृतिमा गर्नुपर्ने कामहरू आँफुखुसी गरेका कारण घिसिङलाई स्पष्टीकरण सोधिएको : मन्त्री खड्का

काठमाडौँ । प्रतिनिधिसभाको आकस्मिक र शून्य समयमा उठेका प्रश्नहरूको जवाफ दिँदै ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले मन्त्रीपरिषद्को स्वीकृतिमा गर्नुपर्ने कामहरू समेत आँफुखुसी गरेका कारण नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधिएको बताउनुभयो ।

कार्यकारी निर्देशक घिसिङले कार्यसम्पादन मूल्याङ्कनको स्थापित विधिको पालना नगरेको र मन्त्रालयले पटक पटक समयसीमा तोक्दा समेत आवश्यक कागजात पेश नगरेको मन्त्री खड्काले बताउनुभयो ।

मन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरणले उठ्न बाँकी बक्यौतालाई समेत आम्दानीमा देखाएर नाफामा रहेको देखाएपनि वास्तविकता भने त्यस्तो नरहेको सदनलाई जानकारी गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button