राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल कञ्चनपुर : भण्डारीको अध्यक्षतामा नयाँ समिति चयन
कञ्चनपुर । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल कञ्चनपुर जिल्ला कार्य समितिको पाँचौँ जिल्ला अधिवेशनले प्रितिधिर भण्डारीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत निर्वाचित गरेको छ । नवगठित कार्य समितिको अध्यक्षमा प्रितिधिर भण्डारी चयन हुनुभएको छ भने उपाध्यक्षमा मदन साँउद, महिला उपाध्यक्षमा निलम चन्द, सचिवमा सुरेश कुमार दयाल, उपसचिवमा विष्णु बहादुर खत्री र कोषाध्यक्षमा पुष्करसिंह कठायत चयन हुनुभएको छ । त्यस्तै सदस्यहरूमा कृष्ण प्रसाद राना, हर्क बहादुर भण्डारी, रितु गैरे, तारा खडायत र चक्र बिष्ट चयन हुनुभएको छ ।
नवनिर्वाचित अध्यक्ष प्रितिधिर भण्डारीले स्वास्थ्यकर्मीहरूको हक, अधिकार तथा पेशागत विकासका लागि प्रभावकारी पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले अधिवेशनपछि संक्षिप्त प्रतिक्रिया दिँदै भन्नुभयो, “स्वास्थ्यकर्मीहरूको समस्या समाधान गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन महासंघले सक्रिय भूमिका खेल्ने छ । हामी सबै मिलेर पेशागत हकहित र स्वास्थ्य सेवा प्रवाहको स्तरोन्नतिका लागि काम गर्नेछौँ ।” भण्डारीले स्वास्थ्य क्षेत्रका विविध मुद्दाहरूमा नीतिगत सुधारका लागि पहल गर्ने र महासंघलाई अझ सबल बनाउन आवश्यक कदम चाल्ने बताउनु भएको छ ।
प्रतिक्रिया राख्नुहोस्