तपाईँ सुन्दै हुनुहुन्छः

सञ्चारसँग सम्बन्धित विधेयकमाथि सरोकारवालासँग छलफल गर्नुपर्ने माग

काठमाडौँ । सङ्घीय संसद्, राष्ट्रियसभामा दर्ता भएको ‘सामाजिक सञ्जाल विधेयक, २०८१’ मा पर्याप्त छलफल गर्नुपर्ने माग सरोकारवालाले गरेका छन् ।  

राष्ट्रियसभाबाट पारित भएको ‘मिडिया काउन्सिल विधेयक, २०८१’ लाई फिर्ता लिएर सरोकारवाला सङ्घ/संस्था र विज्ञसँगको पर्याप्त छलफलपछि मात्रै अगाडि बढाउनुपर्ने माग गर्दै पत्रकारहरूले आज माइतीघर मण्डलामा प्रदर्शनसमेत गरेका छन् । 

प्रेस सेन्टर नेपाल, प्रतिष्ठान प्रदेश समितिको नेतृत्वमा प्रदर्शनमा बसेका पत्रकार तथा सञ्चारकर्मीले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कायम गर्नुपर्ने’ र ‘सामाजिक सञ्चालनसम्बन्धी विधेयकमा सरोकारवालासँग छलफल गरियोस्’ भन्ने प्ले कार्ड बोकेका थिए । 

सो अवसरमा प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटाले आमसञ्चार माध्यममाथि अङ्कुश लगाउने गरी प्रेस काउन्सिल र सामाजिक सञ्जाल विधेयक ल्याइएकाले दुवै विधेयकमाथि थप अध्ययन र छलफल पश्चात् मात्रै अगाडि बढाउन सरकारसँग आग्रह गर्नुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button