तत्काल किसानको बक्यौता भुक्तानी दिन दुग्ध उत्पादक सहकारीको आग्रह
चितवन । केन्द्रीय दुग्ध उत्पादक सहकारी सङ्घले दुग्ध उत्पादक किसानको बक्यौता रकम तत्काल भुक्तानी गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
सङ्घको हिजो र आज यहाँ भएको छलफलबाट लामो समयदेखि कृषकले भुक्तानी नपाएका विषय ध्यानाकर्षण गराएको छ । छलफलबाट सात बुँदे चितवन अवधारणा पत्र जारी गर्दै लामो समयदेखि भुक्तानी नदिने निजी डेरी उद्योग र दुग्ध विकास संस्थानबाट भुक्तानीको लागि सहजीकरण गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालय र राष्ट्रिय दुग्ध विकास बोर्डलाई सङ्घले अनुरोध गरेको छ ।
रकम नपाए सङ्घ आन्दोलनमा जान बाध्य हुने उल्लेख गरिएको छ । कृषि विकास मन्त्रालय र सङ्घबीच भएको ११ बुँदे समझदारी कार्यान्वयन र दुग्ध विकास संस्थानको पुनः संरचना गर्न सङ्घले आग्रहसमेत गरेको छ ।
कृषकलाई दूध उत्पादनको आधारमा दिइने प्रोत्साहन अनुदान उपलब्ध गराउनसमेत सरकारलाई ध्यानाकर्षण गराइएको छ । रासस
प्रतिक्रिया राख्नुहोस्