तपाईँ सुन्दै हुनुहुन्छः

प्रकृति लम्सालको परिवारसँग प्रधानमन्त्री ओलीको फोन, दोषीलाई कारबाहीको दायरामा ल्याउन कुटनीतिक पहल गर्ने प्रतिवद्धता

रूपन्देही। भारतको उडिसा राज्यस्थित मृत भेटिएकी प्रकृति लम्सालको परिवारसँग प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार टेलिफोन संवाद गर्नुभएको छ।

प्रधानमन्त्री ओलीले घटनाप्रति दुःख व्यक्त गर्दै दोषीमाथि कारबाहीका लागि कुटनीतिक पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।

रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नं. ८, भैरहवामा बस्ने प्रकृतिका बुवा-आमासँग फोन सम्पर्कमा कुराकानी गर्दै प्रधानमन्त्री ओलीले दोषीलाई कारबाहीको दायरामा ल्याउन कुटनीतिक पहल भइरहेको र भारतमा अध्ययनरत सबै नेपाली विद्यार्थीको सुरक्षाका लागि पहल गरिरहेको जानकारी गराउनुभयाे ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “सबै नेपाली विद्यार्थी हाम्रै छोराछोरी हुन्, सबैको सुरक्षाका लागि म सचेत छु र हामी पहल गरिरहेका छौं।” प्रकृतिको परिवारको पीडामा राज्यसँगै रहेको बताउँदै उहाँले दुःख व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button