प्रतिनिधिसभामा मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले मुस्लिम आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/८० पेश गर्नुभएको छ ।
त्यस्तै, बैठकले गृहमन्त्री रमेश लेखकले प्रस्तुत गर्नुभएको नेपाल प्रहरी विधेयक–२०८१ लाई दफावार छलफल लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सभाको सर्वसम्मतिले स्वीकृत गरेको छ ।
बैठकमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले प्रस्तुत गर्नुभएको मोन्ट्रीयल प्रोटोकलको किगाली संशोधनमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव सभाले सर्वसम्मतिले स्वीकृत गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्