रुपन्देहीको बेलवास–वेथरी सडकखण्डमा महिलाको शव फेला

रुपन्देही । रुपन्देहीमा एक महिलाको शव फेला परेको छ ।
जिल्लाको सियारी गाउँपालिका–२ भगदरीस्थित बेथरी सडकखण्डको किनारमा अन्दाजी ४५ वर्षीया महिलाको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी सूचना अधिकारी डिएसपी सुरज कार्कीका अनुसार ती महिलाको टाउको ढुङ्गा प्रहार गरी हत्या गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । टाउकोमा चोट देखिएको कारणले गर्दा टाउकोमा ढुङ्गा प्रहार गरी हत्या भएको हुनसक्ने उहाँको भनाइ छ ।

सूचना अधिकारी कार्कीले महिलाको पहिचान हुन बाँकी रहेको र घटना बारेमा प्रहरीले सूक्ष्म रुपमा अनुसन्धान सुरु गरिसकेको जानकारी दिनुभयो ।

बिहीबार बिहान साढे ११ बजे परालले ढोकेको अवस्थामा शव फेला परेपछि स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए । रुपन्देही प्रहरीले तालिम प्राप्त कुकुर नै परिचालन गरी अनुसन्धान गरेको छ। सियारी गाउँपालिकाका प्रवक्ता दीपकबहादुर शाहीका अनुसार अनुहार नचिने गरी मुखमा घाउ भएको र अहिलेसम्म स्थानीय भएको भए खोजी हुने भएकाले बाहिरै हत्या गरेर रातीको अवस्थामा यहाँ ल्याएर फालिएको आङ्कलन गरिएको छ ।







प्रतिक्रिया राख्नुहोस्