सातदोबाटो यूथविरुद्ध मच्छिन्द्रको पुनरागमन जित
काठमाडौँ । मच्छिन्द्र फुटबल क्लबले एन्फा यु–१६ युथ लिगमा बुधबार सातदोबाटो युथ क्लबविरुद्ध ३–१ को पुनरागमन जित दर्ता गरेको छ ।
जितसँगै मच्छिन्द्रले १५ खेलमा २६ अङ्क जोडेको छ । पराजित सातदोबाटोको समान खेलबाट १६ अङ्क छ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा मच्छिन्द्रलाई जित दिलाउन मिलन बोहरा गोविन्द विक र आशिष तामाङले गोल गरे । सातदोबाटोका लागि आयुश खड्काले गोल गरे ।
प्रतिक्रिया राख्नुहोस्