तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालकर्मी मल्ल सहित ३ जना सम्मानित

मुगु । राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समिति, मुगुले आज विभिन्न क्षेत्रका ३ जना विशिष्ट व्यक्तित्वलाई सम्मान गरेको छ।

पत्रकारिता क्षेत्रमा लामो समयदेखि सामाजिक, शैक्षिक, तथा सञ्चार क्षेत्रमा इमानदारिता, कर्तव्यनिष्ठता, जबाफदेहिता र उत्तरदायित्वका साथ सेवा पुर्याएको भन्दै मुगु जिल्लामा बिगत २५ बर्ष देखि काम गर्दै आउनु भएका पत्रकार महासङ्घ मुगुका संस्थापक सभापति एवं रेडियो नेपाल कर्मी  बिनोद कुमार मल्ललाई सम्मान गरिएको छ।

त्यसैगरी, अनुशासन  लगनशील,कर्तव्यनिष्ठ भई जनतालाई सेवा पुर्याएको भन्दै छायाँनाथ रारा नगरपालिका का स्टोर किपर, अधिकृत रेशम बहादुर रावल र शैक्षिक क्षेत्रका  योगदानका लागि  शिक्षकहरू मध्ये बाट  सोरु गाउँपालिकाका शिक्षक उमेर बुमी सम्मानित भएका  हुन् । सम्मानित तिनै जना लाई राष्ट्रिय प्रजातन्त्र दिवस मुल समारोह समितिका अध्यक्ष मन्जन बहादुर कार्कीले  सम्मानका साथ प्रमाण पत्र प्रदान गर्नु भएको थियो । कार्यक्रममा  छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भाम, प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डे  लगायत विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, सुरक्षा कर्मी, नागरिक समाज,र मानव अधिकारवादीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button