‘मुलुकको विकासमा निर्माण व्यवसायीहरूको भूमिका महत्त्वपूर्ण’
मकवानपुर । निर्माण व्यवसायी संघ मकवानपुरको आयोजनामा हेटौँडा–१० स्थित टिसियन चौरमा दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१ सुरु भएको छ। महोत्सवमा गृहमन्त्री रमेश लेखक प्रमुख अतिथिको रूपमा उपस्थित हुनुभएको थियो ।

त्यस अवसरमा गृहमन्त्री लेखकले मुलुकको विकासमा निर्माण व्यवसायीहरूको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै निर्माण कार्य गुणस्तरीय र समयमै सम्पन्न गर्नुपर्ने बताउनुभयो । सरकारले निर्माण व्यवसायीहरूको बक्यौता भुक्तानी प्रक्रिया अघि बढाइसकेको र बाँकी रकम समेत शीघ्र प्रदान गरिने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । निर्माण क्षेत्रलाई कुनै पनि प्रकारका दबाब वा प्रभावबाट जोगाउन सरकार प्रतिबद्ध रहेको पनि उहाँले बताउनुभयो।
कार्यक्रम संघका जिल्ला अध्यक्ष बाल गोपाल कँडेलको सभाध्यक्षतामा भएको हो।
प्रतिक्रिया राख्नुहोस्