तपाईँ सुन्दै हुनुहुन्छः

अर्थमन्त्री विष्णु पौडेललाई भेट्न राष्ट्रपति बर्न अस्पताल जानुहुने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आज उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललाई भेट्न कीर्तिपुर जाने हुनुभएको छ।

राष्ट्रपति पौडेल कीर्तिपुर स्थित बर्न अस्पतालमा उपचाररत अर्थमन्त्री पौडेललाई भेट्न बिहान १० बजे जानुहुने सचिवालयबाट जानकारी प्राप्त भएको छ।

पछिल्लो समय पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक उद्घाटन समारोहका क्रममा स्विच थिचेर पानसमा बत्ति बाली बेलुन उडाउन खोज्दा आगो लागीभइ बेलुन पड्किँदा अर्थमन्त्री पौडेल र मेयर धनराज आर्चाय घाइते हुनुभएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button