चितुवाको आक्रमणबाट आँगनमा खेलिरहेको बालकको मृत्यु
गुलरिया (बर्दिया)। बर्दियाको मधुवन नगरपालिका वडा नं. ७, भाट चोकमा शनिवार राति घरको आँगनमा खेलिरहेका दुई वर्षीय बालकलाई चितुवाले आक्रमण गर्दा मृत्यु भएको छ।
आक्रमणबाट राप्तीसोनारी गाउँपालिका ५ निवासी रिहान चलाउनेको मृत्यु भएको हो। रिहानकी आमा रचना चलाउने सानीआमाको घरमा रहेका थिए। चितुवाले बालकको घाँटी र टाउकोको पछाडिको भागमा आक्रमण गरेको प्रहरीले जानकारी दिएको छ।
साँझ करिब ८ बजे बालक एक्कासि हराएपछि परिवारले खोजी थाले। स्थानीयवासी, प्रहरी र सशस्त्र प्रहरीले तत्काल खोजी गर्दा घरबाट ५०० मिटर दक्षिणपूर्वको खेतमा ९:१५ बजे मृत अवस्थामा बालक फेला परे।
यसै स्थानमा गत माघ २५ गते पनि चितुवाले आक्रमण गर्दा ५१ वर्षीय जुनाकुमारी लामिछानेको मृत्यु भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्