तपाईँ सुन्दै हुनुहुन्छः

योजना छनोटको विधिलाई प्रभावकारी बनाउँछौँ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आवधिक योजना र आयोजना बैङ्क मार्फत योजना छनोटको प्रक्रियालाई प्रभावकारी बनाइने बताउनुभएको छ । 

लुम्बिनी प्रदेशको दोस्रो आवधिक योजना तर्जुमासम्वन्धि प्रदेश विकास परिषद्को बैठकलाई शनिबार लमहीमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले टुक्रे आयोजनालाई निरुत्साहित गर्न आवधिक योजना र आयोजना बैंकले समेटेका योजनाहरूलाई वार्षिक नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्ने बताउनुभयो । 

प्रदेश सरकारले नयाँ योजना थप्ने भन्दा पनि अधुरा आयोजनालाई सम्पन्न गर्न प्राथमिकतामा राखेको, रणनीतिक रुपमा महत्व बोक्ने, प्रदेशको आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रको विकासमा योगदान पुर्‍याउने योजनालाई सरकारले प्राथमिकतामा राख्ने भनाई मुख्यमन्त्री आचार्यको छ । उहाँले भन्नुभयो,‘आगामी बजेटमा टुक्रे योजना घटाउँछौँ । यो सन्देश तल सम्म पुर्‍याउन जरुरी छ । दबाबमा होइन तथ्याङ्क र प्रमाणको आधारमा योजना छान्न जरुरी छ ।’ 

प्रदेश सरकार स्थापना भएपछि विकास निर्माणको कामले गति लिएको, गाउँ सहरको मुहार फेरिएको, जनताको आधारभूत आवश्यकताहरू पुरा गर्न सरकारले सफलता प्राप्त गरिरहेको स्पष्ट पार्नुभयो । 

बैठकलाई पूर्व मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दल नेता डिल्लीबहादुर चौधरी, पूर्व मुख्यमन्त्री तथा नेकपा माओवादी केन्द्र संसदीय दल नेता जोखबहादुर महरा लगायतले सम्बोधन गर्दै योजनाबद्ध विकास र प्रदेशको प्राथमिकताका आधारमा आवधिक योजनाले दिशानिर्देश गर्नुपर्नेमा जोड दिनुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button