तपाईँ सुन्दै हुनुहुन्छः

काटिएको अवस्थामा दुई जनाको शव फेला

रुकुम पूर्व । रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ४ मा दुई जनालाई काटिएको अवस्थामा शव फेला परेको छ ।

भूमे ४ साकिमका ५१ वर्षीय चन्द्रसिङ पुनले ६० वर्षीय ढाटी बुढा र बुढाको नाति ८ महिनाको समिर बुढालाई खुकुरी प्रहार गरि हत्या गरेका हुन । दुवै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका डिएसपी माधवराज खरेलले जानकारी दिनुभएको छ । डिएसपी खरेलका अनुसार फरार रहेका चन्द्रसिङ पुनलाई पनि खोजतलासका क्रममा खुलखुले खोलामा टाउकोमा धारिलो चोट लागेको अवस्थामा मृत फेला पारिएको बताइएको छ । 

वडा अध्यक्ष श्याम प्रसाद बुढाका अनुसार दुई जनाको शवलाई मुचुल्का बनाई शव उठाउने प्रक्रिया भइरहेको र फरार भनिएको व्यक्तिको शवलाई पनि मुचुल्का उठाउने प्रक्रिया चलेको छ । 

यस विषयमा अनुसन्धान पश्चात् पुरा विवरण आउने जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी हिम बहादुर केसीले जानकारी दिनुभएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button