तपाईँ सुन्दै हुनुहुन्छः

बालबालिकामैत्री बजेट बनाएर अघि बढ्नु पर्ने : मन्त्री राणा

धनगढी I परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले महिला तथा बालबालिकामैत्री बजेट, नीति तथा कार्यक्रम बनाएर अघि बढ्नु पर्ने बताउनु भएको छ । 

सामाजिक विकास मन्त्रालयद्वारा आज धनगढीमा आयोजित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक दशक घोषणा सम्बन्धी गोष्ठीमा उहाँले आवश्यकता र औचित्यका आधारमा बजेट विनियोजन तथा खर्च गरिनु पर्ने बताउनु भयाे ।

मन्त्री राणाले महिला तथा बालबालिकामाथि हुने हिंसा न्युनिकरण तथा रोकथामका लागी सरकारी तथा नीजि क्षेत्र एवं साझेदार निकायका बीच हातेमालो जरुरी रहेको बताउनु भयाे । उहाँले छाउपडी प्रथा जस्तो कुरीति अन्त्यका लागि प्रभावकारी ढङ्गले काम गर्नु पर्नेमा जोड दिनुहुँदै किशोरीहरू उमेर नपुगी विवाह गर्ने र हिंसाको शिकार बन्दै गएकोप्रति चिन्ता ब्यक्त गर्नुभयो । मन्त्री राणाले ज्येष्ठ नागरिकलाई धार्मिक पर्यटन , सामूहिक खानपान, शारीरिक व्यायाम जस्ता कार्यक्रमसँग जोडेर लैजानु पर्नेमा जाेडदिनु भयाे ।

गोष्ठीमा मुख्यमन्त्री कमल बहादुर शाह, मन्त्रीगण, सरकारी अधिकारी, साझेदार निकायका प्रतिनिधि लगायतकाे सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button