तपाईँ सुन्दै हुनुहुन्छः

विकास र समृद्धिका लागि वर्तमान सरकार : मन्त्री राणा

धनगढी । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि वर्तमान सरकार गठन भएको बताउनुभएको छ । 

नेपाल थारु संघ कैलालीको प्रथम जिल्ला सम्मेलनको उद्घाटन गर्नुहुँदै उहाँले जनताका आशा र अपेक्षालाई सम्बोधन हुने गरि सरकार अघि बढिरहेको बताउनुभयो ।

मन्त्री राणाले आदीवासि जनजाति, महिला, दलित, पिछडिएका वर्ग समुदायको उत्थानमा सरकार क्रियाशील रहेको बताउनुभयो । 

तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवाको नेतृत्वमा मुक्त कमैया घोषणा भएको उल्लेख गर्नुहुँदै मन्त्री राणाले नेपाली काँग्रेस सदैव जनताको हित र अधिकारका पक्षमा क्रियाशील रहेको बताउनुभयो । संघका अध्यक्ष लक्ष्मीनारायण चौधरीको अध्यक्षतामा भएको सम्मेलनमा काँग्रेसका नेता कार्यकर्ता लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button